
काठमाडौं, बैशाख १३ । कोरोना (कोभिड–१९) को दोस्रो लहरसँगै देशमा देखिदै गएको असहज परिस्थितिलाई गम्भिर रुपमा लिन नेपाल उद्योग परिसंघले सरकारसँग माग गरेको छ ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा देखिएको गम्भीर परिस्थिति र नेपालमा समेत कोरोनाको जोखिमबढ्दै गइरहेको अवस्थामा अक्सिजनको आपुर्ति व्यवस्थालाई सहज बनाउन उद्योगहरुसँग समन्वय गरी अक्सिजन सिलिन्डरको आयातमा भन्सार छुट दिने र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन सरकारसँग माग गरेको छ ।
विशेषगरी कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गइरहेकोले खोप खरिद प्रक्रियालाई पहिलो प्राथमिकतामा राखी खोप लगाने कार्य विस्तार गर्न पनि आग्रह गरिएको छ ।
साथै, खोप आयात कार्यमा निजी क्षेत्रलाई समेत सामेल गराएर अरु देशका खोपहरुलाई फास्टट्रयाकमा अनुमति प्रदान गरी खोपलाई अभियानको रुपमा अगाडी बढाउन उसको सुझाब छ ।
परिसंघले अहिलेको अवस्थामा आपूर्ति व्यवस्थालाई सुदृढ गर्नको लागि उद्योग व्यवसाय र यातायात क्षेत्रमा कामगर्ने कर्मचारी र मजदुरलाई खोपको व्यवस्था गर्न माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्