
एजेन्सी । जापान सरकारले तेस्रो पटक संकटकाल घोषणा गरेको दोस्रो दिन सोमबार सार्वजनिक गरेको तथ्यांकमा संक्रमितमध्ये अहिलेसम्ममा १० हजार जनाको ज्यान गएको छ ।
त्यहाँ सङ्क्रमणको घोषणा गरेपछिको दोस्रो दिनमै अझै ठूलो संख्यामा मृत्यु भएको पाइएको हो ।
जापानमा अहिलेसम्ममा पाँच लाख ६६ हजार भन्दा बढी सङ्क्रमित भएको र त्यहाँका अधिकारीहरुले पछिल्ला केही हप्तामा जापानमा सङ्क्रमण हुने र मृत्यु हुने दर समेत बढिरहेको बताएका छन् ।
जापानको राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा प्रधानमन्त्री याशिहिदे सुगाले आइतबार संकटकालको घोषणा गर्नुभएको थियो ।
संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागु गरिएको छ ।
यहाँ कोरोना विरुद्धको खोप अभियान सुस्त भएको भन्दै सरकारको तीब्र आलोचना भैरहेकोे छ ।
प्रतिक्रिया दिनुहोस्