
सुनसरी, बैशाख १४ । धरान उपमहानगरपालिकामा खानेपानीको हाहाकार हुँदा दैनिक जनजिवन कष्टकर बनेको छ ।
प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन् ।
अस्पतालमा विरामीको चाप बढिरहेका बेला अस्पतालमासमेत खानेपानीको अभाव हुँदा समस्या भएको छ ।
धरानमा दिन विराएर आउने खानेपानी आधा घण्टा नपुग्दै बन्द हुने भएकाले खानेपानीको चरम अभाव भएको हो ।
घरमा खानेपानी नआएका कारण निम्न आयश्रोत भएकाहरुले एक घण्टा हिडेर चारकोशे झाडिलगायतका स्थानवाट पानी ल्याउन बाध्य भएका छन् ।
धरानमा खानेपानी समस्या भए पछि विभिन्न सामाजीक संघसंस्थाले स्थानियलाई निःशुल्क पानी वितरण सुरु गरेका छन् ।
खानेपानी अभावकै कारण होटल, कलकारखाना संचालनमा समस्या आएको छ ।
महिनादिन देखि धरानमा पानी सहज रुपमा नआए पछि दैनिक पानी किनेर होटल व्यबसाय संचालन गर्नुपरेको होटल एसोहियसन धरानका उपाध्यक्ष कृष्ण पाठकले बताउनुभयो ।
धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग भएपनी धरान खानेपानी व्यबस्थापन बोर्डले दैनिक एक करोड लिटर पानी पनि वितरण गर्न सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्