
काठमाडौं, बैशाख १४ । शेयर बजारमा मंगलबार एकाएक युटर्न आयो ।
पछिल्ला २ दिन पहिरो गएको बजारमा यस दिन एकाएक चमक आएको हो ।
उतार चढावबीच बजार परिसूचक नेप्से झण्डै १ सय अंक बराबरले उकालो लागेर २६ सय हाराहारी पुग्यो ।
नेप्से ९२ अंकले उकालो लागेर २५ सय ९९ पुगेर थामिएको हो ।
कारोबार भने ५ अर्ब हाराहारीमा खुम्चियो ।
सबै समूहमा हरियाली छाएको यस दिन बीमा समूहमा साढें ५ सय अंकको बढोत्तरी आयो ।
लघुवित्त र उत्पादनमूलक समूह पनि दुवै अढाई सय हाराहारी अंकले उक्लिए ।
व्यापार समूहमा १ सय ९० अंक अनि जलविद्युत समूहमा पनि १ सय ५३ अंकको बृद्धि आयो ।
विकास बैंक, वाणिज्य बैंक, अन्य र वित्त समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ करोड २० लाख कित्ता शेयर ५ अर्ब ११ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्