१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कोरोना संक्रमित पूर्व राजारानीलाई दिन थालियो अक्सिजन सपोर्ट


0
Shares

काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण भई अस्पतालमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्ट दिन थालिएको छ ।

स्वासप्रश्वासमा समस्या नआओस् भनेर अक्सिजनको सहायता थपिएको अस्पतालले जनाएको हो ।

कोरोना संक्रमित भएपछि पूर्व राजदम्पत्ति शनिबार दिउँसो नर्भिक अस्पतालमा भर्ना हुनुभएको हो ।

उहाँहरुसँगै अस्पताल भर्ना हुनुभएकी छोरी प्रेरणा शाहलाई भने अक्सिजन दिन नपरेको पनि अस्पतालले जनाएको छ ।

भारतको कुम्भ मेलामा सहभागि हुन जानुभएका शाह दम्पत्तिलाई भारतबाट फर्किएलगत्तै कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।