१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १७ जना घाइते


0
Shares

तनहुँ, बैशाख १४ । तनहुँको रिसीङ गाउँपालिका–१ धारापानीमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् ।

मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्वर ५ बस्ने २५ वर्षीय मनु थापा रहेकी छन् ।

दमौलीबाट भीरकोटतर्फ जाँदै गरेको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त जीप सडकबाट ८० मीटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका ९ जनाको दमौली अस्पतालमा उपचार भैरहेको छ भने ५ जनालाई पोखरा अस्पताल पठाइएको छ ।

केही घाइते भने सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।