१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल सुपर लिग फुटबलमा धनगढीको आक्रामक प्रदर्शन


0
Shares

काठमाडौं, बैशाख १४ । नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो खेलमा धनगढी एफसीले आक्रामक प्रदर्शन गरेको छ ।

पहिलो खेलमा विराटनगर सिटीसँग ३–० ले पराजित भएको राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङ कप्तानीको धनगढी दोस्रो खेलमा भने लयमा फर्कने क्रममा काठमाडौं रेजर्सलाई ३–० ले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बेलुकी सम्पन्न खेलमा आक्रामक खेलेको धनगढीका लागि मध्यान्तरअघि नै ओलावालेले २ तथा टंक बस्नेतले १ गोल गरे ।

खेलको ६८ औं मिनेटमा रमेश दंगालले दोहोरो कार्ड खाँदै मैदानबाट बाहिरिँदा धनगढी १० जनामा समेटिए पनि काठमाडौंले त्यसको सदूपयोग गर्न सकेन ।

राष्ट्रिय टिमकै गोलकिपर विकेश कुथुको कप्तानीमा रहेको काठमाडौंले कमजोर प्रदर्शन गरेसँगै अंक तालिकामा पनि पछाडि परेको छ ।

शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुर सिटीलाई १–० ले हराएर सुखद शुरुआत गरेको भए पनि धनगढी विरुद्धको खेलमा भने कमजोर सावित भएको हो ।

यो खेलमा धनगढीका ओलावाले सुपर प्लेयर अफ द म्याच र धनगढीकै पुजन उप्रेती प्रमिसिङ प्लेढय अफ द म्याच चुनिएका छन् ।