७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणमा राष्ट्र बैकको भूमिका सार्वजनिक


0
Shares

काठमाडौं, बैशाख १४ । कोरोना (कोभिड–१९) का कारण १ वर्ष देखि थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैकले सकरात्मक भुमिका निर्वाह गरेको उल्लेख गरेको छ ।

नेपाल राष्ट्र बैंक आफ्नो स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा मंगलवार प्रतिवेदन सार्वजनिक गर्दै कोभिडले अर्थतन्त्रमा पारेको असर न्युनिकरण गरी अर्थतन्त्र पुर्नरुत्थानमा राष्ट्र बैकले खेलेको भुमिका सहजीकरण गर्ने उद्देश्यको रहेको जनाएको हो ।

बैकले यो अवधिमा मौद्रिक नीतिलाई लचिलो बनाई कर्जाको व्याजदर कम हुने उपायहरू लागू गरेकोे जनाएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग, पेशा, व्यवसायको पुनरुत्थानमा सहयोग पुर्‍याउने, पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ जारी गरी उपलब्ध कोषको ५ गुणासम्म पुनरकर्जा उपलब्ध गराउने सक्ने व्यवस्था गर्‍यो, पुनकर्जाको ७० प्रतिशत रकम साना ऋणीहरूलाई प्रदान गर्ने नीति लिएको राष्ट्र बैकले आफ्नो उपलब्धीमा समेटेको छ ।

तर यो प्रभावित वर्ग सम्म पुग्न नसकेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

कोभिड १९ ले पारेको प्रभावका कारण आर्थिक वर्ष २०७६÷७७ मा नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतले नकारात्मक रहे पनि चालु आर्थिक वर्ष कृषिजन्य उत्पादनमा हुने केही वृद्धि, बन्दाबन्दीको अन्त्यपश्चात् आर्थिक गतिविधिमा देखिएको सुधार तथा केही ठूला पूर्वाधारका योजनाहरूको निर्माण सम्पन्न लगायतका कारण आर्थिक पुनरुत्थानले गति लिई आर्थिक वृद्धिमा सुधार हुने प्रतिवेदनले औल्याएको छ ।

कर्जा प्रवाहमा आएको विस्तारका कारण सेवा क्षेत्रको आर्थिक वृद्धिमा पनि केही सुधार हुने राष्ट्र बैकको दाबी छ ।

तथापि कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा परेको प्रभाव अझै केही समय रहने देखिन्छ ।

बैकका अनुसार कर्जाको व्याजदर घटेको, सहुलियत कर्जा र पुनरकर्जा उत्साहजनक रूपमा प्रवाह भएकोले उत्पादनमूलक क्षेत्रको बिस्तार भने सुधार हुँदै गएको छ ।

२०७७ चैत मसान्तसम्ममा संघीय सरकारको कर राजस्व ६ खर्ब ३६ अर्ब ७० करोड र गैर कर राजस्व .४७ अर्ब १७ करोड गरी कुल राजस्व सङ्कलन १५.७९ प्रतिशतले वृद्धि भई ६ खर्ब ८३ अर्ब ८७ करोड कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सरकारको कर राजस्व ५ खर्ब ३९ अर्ब ५४ करोड र गैरकर राजस्व ५१ अर्ब १० करोड गरी कुल राजस्व सङ्कलन ५ खबै ९० अर्ब ६४ करोड रहेको थियो ।