
काठमाडौं, बैशाख १५ । नेकपा (एमाले) को खनाल–नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा जुटेका छन् ।
कलंकीस्थित मेगा पार्टी प्यालेसमा नेताहरु छलफलमा जुटेको बताइएको छ ।
बैठकमा आगामी रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै एकलौटी निर्णय लिएपछि खनाल–नेपाल समूह आन्तरिक रणनीति बनाउन छलफलमा जुटेको हो ।
केन्द्र बाहेक खनाल–नेपाल समूहले समानान्तर कमिटी गठनलाई जारी राखेको छ ।
ओलीले पार्टी कमिटी गठन गर्दा आफूलाई अलग राखेपछि अब कसरी अगाडि बढ्ने भन्नेमा खनाल नेपाल पक्षमा अलमलमा छ ।
खनाल–नेपाल पक्षमा केही नेताहरु समानान्तर अभ्यास जारी राखेर एमालेमै संघर्ष गर्नुपर्ने पक्षमा छन् भने केहीले नयाँ पार्टी निर्माण गरेर जानुपर्ने मत राख्दै आएको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्