
सोलुखुम्बु, बैशाख १५ । भूकम्प गएको छ वर्ष पार गर्दा सोलुखुम्बुमा करिब ८८ प्रतिशत भन्दा बढी घर निर्माण भएका छन् ।
जिल्लाभरी जम्मा लाभग्राहीको सूचीमा १३ हजार २३७ घर प्रमाणित भएकोमा पुनर्निर्माणतर्फ १२ हजार २८५ र प्रबलीकरणतर्फ ९५२ घर रहेका थिए ।
पुनर्निर्माणमा परेका भूकम्प पीडितमध्ये वैशाखको पहिलो सातासम्ममा आवास निर्माण सम्पन्न गरी १० हजार ८७८ पीडितले तेस्रो किस्ता रकम लिइसकेका छन् ।
कुल लाभग्राही मध्ये १२ हजार २८४ अर्थात ९९ दशमलब ९९ प्रतिशतले जग हाल्नका लागि पहिलो किस्ता बापतको पचास हजार रकम लिएका छन् भने घरको जग निर्माण गरेर ११ हजार ७७६ लाभग्राहीले दोस्रो किस्ताको एक लाख पचास हजार रुपियाँ रकम बुझेका छन् ।
प्रवलीकरणतर्फ ९५२ लाभग्राहीले प्रथम किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।
हालसम्म आवास पुर्ननिर्माणका लागि करिब ३ अर्ब ७० करोड रुपियाँ भन्दा बढी रकम निकासा भइसकेको सो कार्यालयले जनाएको छ ।
आवास पुनःनिर्माणका लागि पहिलो किस्ता बापत ५० हजार रुपैयाँ पाउने भुकम्प पीडितले मापदण्डअनुसार घरको जग तयार गरेपछि दोस्रो किस्ता बापत १ लाख ५० हजार रुपियाँ र घर पूर्ण तयार गरेपछि बाँकी एक लाख रुपियाँ पाउने प्रावधान छ ।
प्रतिक्रिया दिनुहोस्