९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


डडेल्धुरामा पुराना भाँडा भेटिए


0
Shares

डडेल्धुरा, बैशाख १५ । डडेल्धुराको नवदुर्गा गाउँपालिका–१ मा पुराना पूजाका भाँडाकुडा फेला परेका छन् ।

वीरबलभद्र उच्च माध्यमिक विद्यालय नजिकै जमिन जोत्ने क्रममा कुणी,करुवा,पहिचान नखुलेको मूर्ति, घण्ट र दियोलगायतका होम गर्ने सामग्रीहरु फेला परेको स्थानीय पंडित महेशराज धिक्तले जानकारी दिनुभयो ।

हलोमा करुवाको भाग अडकिए पछि त्यहाँ खोजतलास शुरु गरिएको थियो ।

पूजाबर्तनहरु केहि आकृति बिग्रिएकोले सरोकारवालासँग सल्लाह गरि उपयुक्त व्यवस्थापन गरिने बताइएको छ ।