२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


ओलीको कमदविरुद्ध संघर्ष जारी राख्ने नेपाल समूहको निर्णय


0
Shares

काठमाडौं, बैशाख १५ । नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समूहले देशैभर सन्तोषजनक रुपमा समानान्तर कमिटी र भेलाहरु भएको निष्कर्ष निकालेको छ ।

काठमाडौंमा बुधबार बसेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका कदमविरुद्धका कदम र संघर्षलाई यथावत राख्न निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयो ।

उहाँले ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताउनुभयो ।

बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महामारीलाई ध्यान दिँदै आगामी दिनमा धेरै ठूला भेला र बैठक आयोजना नगर्ने स्थायी कमिटी बैठकको निर्णय छ ।