
बुटवल, बैशाख १६ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना सहित पाँच कोरोना संक्रमितको मृत्यु भएको छ ।
उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको बिहीबार बिहान मृत्यु भएको हो । यता, पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना भाइरस संक्रमित तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा झापा र सुनसरीका एक, एक र प्रदेश बाहिर धनुषाका एक जना रहेका छन् । त्यस्तै सुदूरपश्चिममा एकै दिन थप ४ जना कोरोना सक्रमितको मृत्यु भएको छ ।
कञ्चनपुरमा ३ र कैलालीमा १ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्