१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सोलुखुम्बुका तीन स्थानमा होल्डिङ सेन्टर स्थापना


0
Shares

सोलुखुम्बु, बैशाख १६ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जिल्लाका तीन स्थानमा होल्डिङ सेन्टर स्थापना गरेको छ ।

मास्क नलाउनेहरुलाई कारबाही गर्न फाप्लु, आवाडाँडा र नयाँ बजारमा होल्डिङ सेन्टर बनाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

मास्क नलगाई हिडेमा ३० मिनेटसम्म होल्डिङ सेन्टरमा उभ्याईने प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउनुभयो ।

त्यस्तै, कोरोना जोखिम न्युनिकरणको लागि सोलुखुम्बुमा सशस्त्र प्रहरीले सवारी चेकिङलाई तीव्रता दिएको छ ।

सदरमुकाम सल्लेरीबाट बाहिरिने तथा भित्रिने प्रमुख नाका जिरो प्वाइण्टको खुम्बुले दोर्जी मार्गमा सवारी साधान चेकिङ शुरु गरेको हो ।

बिहान र साँझ गरी दुई पटक चेकिङ् गरिरहेको सशस्त्र प्रहरीको टोलीले यातायात व्यवसायीले प्रशासनको आदेश पालना गरे÷नगरेको चेक गर्ने छ भने यात्रुहरुलाई मास्क अनिवार्य प्रयोग गर्न कडाई गर्ने छ ।

तोकिएको भन्दा बढी संख्यामा यात्रु ओसार पसार हुन नदिन पनि अनुगमनलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बल सल्लेरीका प्रमुख प्रहरी नायव उपरिक्षक दिनेश शर्माले जानकारी दिनुभयो ।