
चितवन, बैशाख १६ । चितवन राष्ट्रिय निकुञ्जमा बिहीबार एक गैंडा मृत फेला परेको छ ।
निकुञ्जको कोर इलाका सुखिभार कम्प्लेक्स बुढि राप्ती क्षेत्रको फाँटमा करिव ३० वर्षको भाले गैंडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
मृत गैंडाको खाग र खुर सुरक्षित् रहेको उहाँको भनाई छ ।
चालु आर्थिक वर्षको हालसम्म ३१ वटा गैडाको मृत्यु भएको छ ।
ती मध्ये ४ वटा गैंडा चोरी सिकारका कारण र २७ वटा गैंडा प्राकृतिक कारण मरेका छन् ।
उक्त गैंडा निकुन्ज प्राविधिकको नियमित निगरानीमा सोहि क्षेत्रमा विचरण गरिरहेको थियो ।
प्रारम्भिक परिक्षणको आधारमा प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ ।
पछिल्लो पटकको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा रहेका छन् ।
निकुञ्जको सुखिभार क्षेत्रमा सबैभन्दा बढी गैंडाको बसोबास रहदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्