
वीरगञ्ज, बैशाख १६ । कोरोना संक्रमणले सिकिस्त बनेका प्रदेश २ का सांसद ओमप्रकाश शर्मालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
संक्रमण पुष्टि भएको १० दिनदेखि होम आइसोलेसनमा बस्दै आएका शर्माको स्वास्थ्य अवस्था विग्रिएपछि बिहीबार हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका शर्मालाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्