
काठमाडौं, बैशाख १६ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले धुर्मुस सुन्तली फाउन्डेशनबाट चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालालाई राज्यको तर्फबाट सहयोग गर्ने बताउनुभएको छ ।
निर्माणाधिन क्रिकेट रंगशालाका प्रमुख अभियन्ता तथा धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलसँग बिहीबार सिंहदरबारमा भेट्दै उहाँले रंगशाला निर्माणका लागि राज्यको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरेलले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका सम्बन्धमा छलफल गर्दै धुर्मुस–सुन्तली फाउन्डेशनले गरेको कामहरु प्रेरणादायी र प्रसंशनीय रहेको भन्दै प्रसंशा समेत गर्नुभयो ।
उपप्रधानमन्त्रीसँगको भेटपछि फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेलले आफु राज्यलाई सघाउने अभियन्ता भएको बताउनुभयो ।
धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष कट्टेलले रंगशाला निर्माणका लागि अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेको जानकारी दिनुभयो ।
१३ करोड रुपैयाँ ऋणमा रहेको उहाँको भनाइ छ । कट्टेलले रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा रंगशाला तयार हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्