
काठमाडौं, बैशाख १८ । सरकार आर्थिक वर्ष २०७८/७९ को बजेट तर्जुमामा जुटेको छ ।
बढ्दो कोरोना महामारीकाबीच आगामी वर्षको बजेटका लागि विभिन्न क्षेत्रबाट सुझाव आइरहदा यसपटको बजेटको ध्यान भने संक्रमण नियन्त्रणमा नै बढी केन्द्रित हनुपर्ने देखिन्छ ।
कोभिड १९ का कारण शिथिल भएको अर्थतन्त्र विस्तारै तङ्ग्रीदै गर्दा दाश्रो लहरले गम्भीर संकटको मोडमा पुग्ने सम्भावना देखाइरहेको छ ।
विशेषगरी वैदेशिक रोजगारी, उद्योगधन्दाहरूमा कोभिडको असर नराम्ररी परेको छ ।
यसले नेपाली अर्थतन्त्र बिग्रने कुरा निश्चित छ । कोभिडका कारण उद्योग व्यवसाय र मजदुर सबैमा असर परेकाले राहातका कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने अर्थशास्त्रीले बताउदै आएका छन् ।
यस्तो अवस्थामा आगामी वर्षको बजेटले सरकारले ल्याएका आधाभन्दा बढी रोजगारका कार्यक्रमलाई सशक्त बनाउन सुझाव दिनु हुन्छ अर्थविद् डा शंकर शर्मा ।
अर्थतन्त्रलाई चलायमान बनाइराख्न आर्थिक पुर्नरुत्थानमा ध्यान दिनु पर्ने डा. शर्माले बताउनुभयो ।
कोभिडका कारण अर्थतन्त्रमा असर गम्भिर परेको र यसको असर कति सम्म रहला भनी यकिन हुन नसकेको बेला शुक्रबार केन्द्यि तथ्याङ्क विभागले चालु आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत पुग्ने प्रक्षेपण गर्यो ।
चालु आर्थिक वर्षको ९ महिनाससम्मको तथ्यांकलाई आधार मानेर विभागले यस्तो तथ्यांक प्रक्षेपण गरेको हो । पंँजीगत खर्च बढ्ने समयमा गर्नु परेको निशेधाज्ञा कति सम्म जाला भन्ने यकिन नभएकाले यो वृद्धिदर सम्भवै नभएको तर्क गर्नुहुन्छ डा. शर्मा ।
कोरोना महामारी शुरु भएदेखि नै प्रमुख समस्याको रुपमा रहेको बेरोजगारी समस्याले अर्को चुनौति निम्त्याइरहेको छ । कृषि र साना उद्योगमा युवालाई प्रेरित गर्ने कार्यक्रमहरू बजेटमा ल्याउन जरुरी छ ।
विशेषगरी स्वरोजगार उन्मुख कार्यक्रमहरू यतिखेर प्रभावकारी हुनसक्छन् । विषम परिस्थितिकाबीच आउन लागेको आर्थिक वर्ष २०७८÷७९ को बजेट परिणाममुखि बन्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्