
नरेन्द्र मानन्धर
काठमाडौं, बैशाख १८ । काठमाडौं उपत्यककामा सात वटा क्षेत्र विश्व सम्पदामा सुचिकृत छन ।
यी सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सरकारले यथोचित ध्यान दिन भने सकेको छैन । तर सात समुद्रपारीबाट आएकाहरुले तिनै सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सहयोग गर्न आप्mनो पूरा जीवन लगाएका छन ।
७८ वर्षिय स्वीस नागरिक उल्लरिक भोन स्क्रोडर । उनी सन् १९६५ मा हिप्पीको रुपमा गाडीबाट स्थलमार्ग हुदै नेपाल आएका थिए । भारतबाट नेपाल छिरेका स्क्रोडर जीवनको एक अनुपम अनुभव वटुल्न हिप्पी बनेर रमाइलो गर्दे काठमाडौं उपत्यकाको सौन्दर्य आफ्नो सानो क्यमेरामा कैद पनि गर्दे गए ।
हिप्पीवाद सँगसगै उनी साइकल चढेर उपत्यका घुमेका थिए । यही परिणाम स्वरुप लामो समयको अध्ययन अनुसन्धान पछि अहिले नेपालको शिला मूर्तिकला सम्बन्धि महत्व पूर्ण दस्तावेज पुस्तकको रुपमा प्रकाशित भएको छ ।
नेप्लिज स्टोन स्कपर्चर हिन्दु र बुद्धिष्ट नाममा दुई भोलममा प्रकाशित भएको हो ।
जसमा लिच्छवीकाल देखिको पुरातात्विक महत्वका करिव २८ सयभन्दा बढी शिला मूर्तिको सचित्र वर्णन गरिएको छ ।
साथै एसडी कार्डमार्फत ३० हजार मूर्तिको सचित्र वर्णन देख्न सकिन्छ ।
स्कोडरले यो कृति मेरो लागि ध्यान सरह भएको भन्दै नेपालको शिला मूर्तिकला सम्बन्धमा महत्वपूर्ण दस्तावेज भएको बताउनु हुन्छ ।
त्यसैले यो पुस्तक उच्चगुणस्तरिय रुपमा छापेको र पुस्तक न्युनतम ३ सय वर्ष सम्म सुरक्षीत रहने उहाँको दावी छ ।
यी दई पुस्तक अहिले सम्म नेपाली शिला मूर्तिकला समेटिएको सवैभन्दा ठूलो र महत्वपूर्ण दस्तावेज हो ।
अहिले नै यस पुस्तकको महत्व नबुझे पनि एक सय वर्ष पछि यो पुस्तकको महत्व भावी पुस्ताले मनन गर्ने उहाँको भनाई छ ।
नेपाली मूर्ति विदेशमा तस्करी हुनबाट रोक्ने र विदेशीयका मूर्ति फिर्ता ल्याउन समेत यी पुस्तकहरुले मद्धत गर्ने उहाँको विश्वास छ ।
उहाँले भारत, श्रीलंका र तिब्बेतका बौद्ध मूर्तिहरु सम्बन्धी आधा दर्जन भन्दा बढी महत्वपूर्ण दस्ताबेज सहितका पुस्तकहरु पनि सार्वजनिक गरिसक्नु भएको छ ।
पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा सरकार स्वयम् लाग्नु पर्नेमा त्यसो हुन सकिरहेको छैन् ।
तर पनि एक जना विदेशिको व्यक्तिगत प्रयासबाट अमर कृति उपहारको रुपमा नेपालले पाएको छ ।
प्रतिक्रिया दिनुहोस्