
सर्लाही, बैशाख १८ । सर्लाहीमा व्यवसायीहरुले मास्क लगाउनुपर्ने तथा व्यवसायीक स्थल सुरक्षित राख्ने बारे जनचेतना फैलाउन सुरु गरिएको छ ।
शनिबार बिहान ईश्वरपुर उघोग वाणिज्य संघको आयोजनामा सुरक्षीत तरिकाले व्यवसाय कसरी संचालन गर्ने भन्ने बिषयमा जनचेतना मुलक कार्यक्रम गरिएको छ ।
इलाका प्रहरी कार्यालय केशरगन्जले समेत सचेतना फैलाउने कार्य सुरु गरेको छ ।
कायक्र्रममा उद्योग ब्यापार संचालन गर्दा सुरक्षित रहन अपनाउनु पर्ने बिषयमा जनचेतना फैलाउँदै माक्स तथा सेनेटाइजर बितरण गरिएको ईश्वरपुर उद्योग वाण्ज्यि संघका अध्यक्षय मनोज कुमार साहले जानकारि दिनुभयो ।
माक्स नलगाएका ग्राहकलाई सामान विक्री नगर्न पनि आग्रह गरिएको छ ।
त्यस्तै व्यवसायिक स्थल अगाडि कम्तिमा २ फिटको दुरु कायम गर्न आग्रह गरेको प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्