२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने प्रधानमन्त्रीको घोषणा


26
Shares

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्‍याउने घोषणा गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सन्देश दिदै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको मासिक पारश्रमिक १५ हजार रुपैयाँ पुर्‍याउने बताउनु भएको हो ।

हाल श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँ र दैनिक ५ सय १७ तोकिएको छ ।

अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५ सय ७७ कायम गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

कोभिड महामारीका कारण स्वदेश तथा विदेशमा रहेका श्रमिकहरू जटिल अवस्थामा रहेको बताउँदै प्रधानमन्त्री ओलीले कामको सुरक्षा र थप रोजगारी सिर्जनामा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न सरकार प्रतिवद्ध रहेको बताउदै उहाँले श्रम गन्तव्य मुलुकहरूसँग श्रम सम्झौता गरी सुरक्षित वैदेशिक रोजगारी सुनिश्चित गरिएको दाबी गर्नुभयो ।