१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न राप्रपाको माग


0
Shares

काठमाडौं, बैशाख १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राप्रपाका अध्यक्षत्रय पशुपतिशमशेर जवरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आज संयुक्त विज्ञप्ती निकाल्दै जुनसुकै मुलुकबाट कोरोना बिरुद्धको खोप ल्याएर तत्काल सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेका छन ।

विज्ञप्तिमा संक्रमितको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाई प्रभावकारी कुटनीतिक प्रयासमार्फत संसारका कुनैपनि देशबाट कोरोनाको खोप ल्याई सहज रुपले तत्काल सम्पूर्ण नेपालीलाई खोप लगाईहाल्ने व्यवस्था गर्न नेपाल सरकारसंग अपिल गरिएको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारसंग आवश्यक समन्वय र सहयोग गर्न राप्रपा तयार रहेको पनि विज्ञप्तीमा उल्लेख छ ।