१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


श्रमलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन गरि रोजगारीको सिर्जना गर्नुपर्छ : शेखर गोल्छा


0
Shares

काठमाडौं, बैशाख १८ । १३२ औं श्रमिक दिवसका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्तिपाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले थप चिन्ता थपेको भन्दै अध्यक्ष गोल्छाले यस्तो स्थितिमा अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनु पर्नेमा जोड पर्ने उल्लेख गर्नु भएको छ ।

महामारीवाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने कुरामा जोड हुंदै गोल्छाले सबै श्रमिक कामदार कर्मचारीहरूको सु स्वास्थ्य र सुरक्षाको कामना समेत गर्नुभयो ।