६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य, मुख्यमन्त्रीमा पोखरेलकै दाबी


0
Shares

lumbini pradesh sabha

बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश सभा अधिवेशन अन्त्य गर्न प्रदेश सरकारले गरेको सिफारिश बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले अन्त्य गर्नुभएको गर्नुभएको छ ।

यसअघि,आइतबार दिउँसो एक बजे आह्वान गरिएको प्रदेशसभाको विशेष अधिवेशन अन्त्य गर्न सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

मुख्यमन्त्रीले नै राजीनामा दिइसकेपछि उहाँविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशनको आवश्यकता नरहेको भन्दै मन्त्रिपरिषदको बैठकले बैठक अन्त्यका लागि सिफारिस गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलविरुद्ध कांग्रेस र माओवादीले दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न भन्दै प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।

तर, मुख्यमन्त्री पोखरेलले चातुर्यतापूर्वक राजीनामा दिँदै अविश्वासको प्रस्ताव छलफल हुने वातावरण नै अन्त्य गर्नुभएको हो ।

परिवर्तित सन्दर्भमा एमाले एक्लैको एकल सरकार बन्ने गणित संसदमा रहेकाले अबको मुख्यमन्त्रीमा पनि आफैले दाबी गर्ने निर्णय एमाले प्रदेश संसदीय दलले गरिसकेको छ ।

उता, प्रदेशसभा अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेपछि असन्तुष्ट बनेका लुम्बिनीका सभामुख पूर्णबहादुर घर्तीले भने प्रदेश प्रमुखसँग भेट गर्नुभएको छ ।

राजीनामा दिइसकेको सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न पाउने वा नपाउनेबारे छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसँग घर्तीले भेट गर्नुभएको हो ।