
बुटवल, वैशाख १९ । लुम्बिनी प्रदेश नेकपा एमालेमा सरकार गठनका नाममा संकट चुलिएको छ ।
आइतबार पदबाट राजीनामा दिनुभएका संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरिएपछि एमालेकै सांसदहरुले भटाभट राजीनामा दिन थालेका छन् ।
पोखरेललाई मुख्यमन्त्री बनाइएपछि असन्तुष्टि जनाउँदै प्रदेश सांसद दृगनारायण पाण्डेले लिखित वक्तव्य नै निकालेर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।
पाण्डे कपिलवस्तु क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । यसैगरी कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले पनि राजीनामा दिएको दाबी गरिएको छ ।
श्रीवास्तव कपिलवस्तु २ ख बाट तथा शाही नवलपरासी १ ख बाट विजयी सांसद हुनुहुन्छ । हृदयश त्रिपाठीसँग नजिक रहेका दुबै जनाले सूर्य चिह्नबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहमा रहेको र एमालेको सदस्य नरहेको दावी गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्