
काठमाडौं, बैशाख १९ । छिमेकी देश भारतमा कोरोना संक्रमण भयावह बनेसँगै त्यसको असर सिमामा खटिएका सुरक्षा संयन्त्रमा परेको छ ।
भारतसँगको सीमा जोडिएका नाकाहरुमा खटिएका सशस्त्र प्रहरी बलमा कोभिड संक्रमणको जोखिम बढेको छ ।
कामको सिलसिलामा भारतबाट स्वेदेश फर्किएका ६० प्रतिशत नेपालीमा संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सीधा सम्पर्कमा आएका सुरक्षा संयन्त्र जोखिममा परेका हुन् ।
सशस्त्र प्रहरी बलका प्रवक्ता समेत रहनुभएका नायव महानिरीक्षक राजु अर्याल संगठनभित्र आन्तरिक व्यवस्थापन गरेर ब्यारेकदेखि डियुटीमा खटिदासम्म जोखिम मुल्यांकन गरेर काम गरिरहेको बताउनुहुन्छ ।
प्रवक्ता अर्यालका अनुसार कोभिडका कारण हालसम्म १० जना सुरक्षाकर्मीले ज्यान गुमाइसकेका छन् ।
यस्तै दोस्रो भेरियन्टका कारण ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले ५ जना सुरक्षाकर्मी आईसोलेसनमा रहेका छन् ।
सशस्त्र प्रहरी बलको आफ्नो छुट्टै अस्पताल भए पनि संक्रमितको चाप बढेकोले चुनौती थपिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्