७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


अहिले जनताको जीवन रक्षा सर्वाधिक प्राथिमकता : अर्थमन्त्री पौडेल


0
Shares

काठमाडौं, बैशाख १९ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड–१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गर्नु भएको छ ।

कोभिड–१९को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्नु भएको हो ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक वर्ष २०७८÷७९ को बजेट सम्बन्धी दिएको सुझाव ग्रहण गर्ने क्रममा अर्थमन्त्री पौडेलले सबैको साथ र सहयोगले कोभिड–१९ विरुद्धको लडाई जित्नुको विकल्प नरहेको बताउनुयभो ।

कोभिड–१९को पहिलो लहरबाट क्षति पुगेको अर्थतन्त्र पुनर्उत्थानकै क्रममा रहेका बेला दोस्रो लहरले अर्थतन्त्रमा पुनः असर पार्ने बताउँदै अर्थमन्त्री पौडेलले पहिले जनताको जीवन रक्षा र त्यसपछि अन्य विषयमा ध्यान केन्द्रित हुने बताउनुभयो ।

सेजनका अध्यक्ष भीम गौतमले व्यक्तिगत आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, सार्वजनिक संस्थान, उद्योग, कृषि, पर्यटन, आर्थिक स्रोतको व्यवस्थापन लगायतका विषयमा विस्तृत सुझाब दिइएको उल्लेख गर्नुभयो ।