१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्सिजन सिलिन्डर अनावश्यक रूपमा होल्ड नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह


0
Shares

काठमाडौं, वैशाख २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनावश्यक रूपमा खाली अक्सिजन सिलिन्डर होल्ड नगर्न आमजनतामा आग्रह गरेको छ ।

देशभरका सबै अस्पताललाई सोमबार पत्र पठाउँदै मन्त्रालयले अनावश्यक रूपमा अक्सिजन सिलिन्डर होल्ड नगर्न भनेको हो ।

पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहँदा अक्सिजन सिलिण्डरकै संकट पर्न थालेको छ ।

नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएकाले जटिल अवस्थाका संक्रमितलाई उपचारका लागि अक्सिजन सहज व्यवस्थापन गर्न सबै अस्पताललाई तयारी अवस्थामा रहन पनि भनेको छ ।

खाली अक्सिजन सिलिन्डर होल्ड नगरी समयमै भरेर राख्न र आवश्यकताअनुसार अस्पतालसँग समन्वय गरी व्यवस्थापन गर्न मन्त्रालयको पत्रमा उल्लेख गरिएको छ ।

मन्त्रालयले सर्वसाधारणहरूलाई अक्सिजन सिलिन्डर अनावश्यक रूपमा जोखिमपूर्ण तरिकाले सञ्चित नगर्न वा प्रयोग नगर्न अनुरोध पनि भनिएको छ ।