
काठमाडौं, वैशाख २१ । कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको छ ।
कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री नितिश कुमारले मन्त्री र सरकारी अधिकारीहरुसँगको छलफलपछि यो निर्णय लिइएकोसामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको हो ।
भारतमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्दा बिहारमा सोमबार मात्र ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए ।
बिहारमा सोमबार ८२ संक्रमितको मृत्यु हुँदा राजधानी पटनामा मात्र २४ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्