
स्याङ्जा, बैशाख २२ । स्याङ्जा जिल्ला अस्पतालमा दक्ष जनशक्तिको अभावमा चार वटा भेन्टिलेटर स्टोरमा थन्क्याइएको छ ।
दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर प्रयोगमा ल्याउन नसकेपछि स्टोरमै राख्नु परेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेश आचार्यले बताउनुभयो ।
बिरामीको अवस्था जटिल भएका बेला कृत्रिम श्वास दिनका लागि प्रयोग गरिने मेसिन चलाउने चिकित्सक एवं प्राविधिक नभएको उँहाको भनाइ छ ।
जिल्लाका १० अस्पतालमा २ सय १० वेड क्षमता भएपनि अहिलेसम्म कुनै पनि अस्पतालमा आइसीयू र भेन्टिलेटरसहितको सुविधा नरहेको स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लामा बैशाख १ गते यता ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्