८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बैतडी जिल्ला अस्पतालमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द


0
Shares

बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् ।

अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या आएमा अस्पतालको फोनमा सम्पर्क गरेर परामर्श लिन सकिने बताइएको छ ।

पछिल्लो समयमा कोरोनाका बिरामीहरुको संख्या बढ्दै गएकाले अस्पतालमै राख्नुपर्ने बिरामीलाई मात्रै अस्पतालमा राखिएको र सामान्य लक्षण भएकाहरुलाई संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बस्ने सल्लाहसहित पठाउने गरिएको अस्पतालले जनाएको छ ।

यस्तै बैतडीको पाटन नगरपालिका– ६ स्थित पाटन प्राथमिक स्वास्थ्य केन्द्रले पनि आकस्मिक र सुत्केरी बाहेकका अन्य सेवा बन्द गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएकाले अर्को सूचना नभएसम्मका लागि सेवा बन्द गरिएको जनाइएको छ ।

भारतसँग सीमा जोडिएकाले बैतडीमा संक्रमणको दर बढ्दो छ ।