
तस्विर फाइल
पोखरा, बैशाख २२ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार उहाँमा कोरोना संक्रमण देखिएको हो ।
उहाँले मंगलबार गराएको एन्टिजेन परीक्षण पनि पोजेटिभ देखिएको थियो । मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बस्नुभएको छ ।
मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेमा पनि संक्रमण देखिएको छ ।
न्यौपाने ३ दिनदेखि होम आइसोलेसनमा बस्नुभएको छ । संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको थियो ।
मुख्यमन्त्री गुरुङ मंगलबार सर्वदलीय बैठकमा पनि सहभागि हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्