१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसुवा नाकामा सर्वसाधारणलाई रोक


0
Shares

रसुवा, बैशाख २२ । रसुवा भन्सार कार्यालयले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारीक नाका रसुवागढी जान सर्वसाधारणलाई रोक लगाएको छ ।

कोभिड–१९ को जोखिम रहँदासम्म नाकासँग सम्बन्धित कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सवारीचालक तथा नाकामा काम गर्ने कामदारबाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको हो ।

यसैगरि नाकामा प्रवेश गर्दा कामदार, सवारीचालक तथा सुरक्षाकर्मीले अनिवार्य रुपमा पीपीइ सेट लगाउनु पर्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले पनि अनिवार्यरुपमा कोरोनाको खोप लगाएको हुनुपर्ने प्रमुख भंन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।