
काठमाडौं, बैशाख २२ । छोराका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि अनशनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीले बुधबार अनशन तोड्नुभएको छ ।
कोभिड–१९ बाट जनतालाई जोगाउन राज्य संयन्त्रहरु लागिरहेको अवस्थामा तत्काल आफूले न्याय नपाउने भन्दै उहाँले १३७ औं दिनमा वीर अस्पतालबाट अनसन तोड्नुभएको हो ।
कोरोना महामारीले आफूले आश गरेका सम्पूर्ण न्यायका निकायहरु बन्द रहेपनि न्याय प्राप्तिको लडाइ भने जारी रहने गंगामायाको भनाइ छ ।
उहाँले आफूलाई सरकारले पटक पटक आश्वासन दिएर पनि न्याय दिलाउन नसकेको दुखेसो समेत व्यक्त गर्नुभयो ।
गंगामायाको स्वास्थ्य पचारमा खटिएका डा.राजेन्द्र पौडेलले औषधि र खाना खान नमान्दा उहाँको स्वास्थ्य अवस्था ज्यादै नाजुक रहेको बताउनुभयो ।
यस्तै अधिकारकर्मी इन्द्र अर्यालले अनसन्धान पद्धति फितलो भएकै कारण दोषी उपर पूनः अनुसन्धान हुनुपर्ने र राज्यले चाडो भन्दा चाडो दोषी पत्ता लगाइ गंगामायालाई न्याय दिलाउनुपर्ने माग गर्नुभयो ।
२०६१ साल जेठ २४ गते तत्कालीन माओवादीले चितवनमा गंगामायाका कान्छा छोरा कृष्णप्रसादको हत्या गरेको थियो ।
छोराका हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेकै अवस्थामा गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्