१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रियसभा उपचुनावमा विपक्षीहरु उभिए एक ठाउँमा, बादलविरुद्ध डा.देवकोटालाई उम्मेदवार बनाइने


0
Shares

काठमाडौं, वैशाख २२ । राष्ट्रियसभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापाविरुद्ध सबै विपक्षी एक ठाउँमा उभिने भएका छन् ।

उनीहरुले जेठ ६ गते गरिने उपनिर्वाचनका लागि थापाको विरुद्धमा डा. खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने निर्णय पनि गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका हुन् ।

यसैविषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तीवनमा छुट्टाछुट्टै छलफल नै गर्नुभएको थियो ।

राष्ट्रियसभा निर्वाचनमा बाग्मती र लुम्बिनी प्रदेशको एक एक सिटका लागि हुने उप निर्वाचनमा साझा उम्मेदवार बनाउन दाहाल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच पनि सहमति बनेको दाबी गरिएको छ ।

जसअनुसार लुम्बिनी प्रदेशमा हालै एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाइने छ ।