२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशका सांसद डाँगीद्धारा राजीनामा


0
Shares

दाङ, बैशाख २२ । लुम्बिनी प्रदेशका एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिनुभएको छ ।

दाङ निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र दर्ता गराएको प्रदेशसभाले जनाएको छ ।

डाँगीले आफु बिरामी भएको र हालको राजनीतिक अवस्थाबाट दिक्क भएर राजीनामा दिएको बताउनुभएको छ ।

यसअघि एमालेकै कपिलवस्तुबाट निर्वाचित दुर्गनारायण पाण्डेले पनि राजीनामा दिनुभएको थियो ।

उहाँ नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

डाँगीको राजीनामासँगै लुम्बिनीमा एमालेको सांसद संख्या ३८ मा झरेको छ ।