
एजेन्सी । कोरोना महामारीको दोस्रो लहरबाट थिलथिलो बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजारमा संक्रमण पुष्टि भएको छ ।
योसँगै कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको छ ।
गत मे १ मा चार लाख संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको छ ।
यस्तै थप तीन हजार ७८० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोना कारण दुई लाख २६ हजार १८८ जनाको मृत्यु भएको छ ।
संक्रिय संक्रमितको संख्या ३४ लाख ८७ हजार छ । पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार संक्रमणमुक्त भएका छन् ।
योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।
भारतमै सर्वाधिक असर देखिएको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा झण्डै २० हजार नयाँ कोभिड संक्रमित देखिएका छन् भने ३३८ जनाको मृत्यु भएको छ ।
नयाँ दिल्लीमा हालसम्म कोभिड–१९ बाट सात हजार ७५२ जनाको मृत्यु भैसकेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको थियो ।
संक्रमितको दैनिक मृत्यु बढेसँगै खोप अभियानलाई पनि तिब्र दिइएको छ ।
हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।
यता कोभिड–१९ को तिब्र संक्रमण र मृत्युका कारण भारतको स्वास्थ्य पूर्वाधारमा ठूलो चाप देखिएको छ ।
नयाँ दिल्ली र मुम्बई जस्ता ठूला शहरमा कोभिड–१९ का बिरामीका लागि अति आवश्यक अक्सिजनको आपूर्ति अझै सहज हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्