
काठमाडौं, बैशाख २२ । बुधवार शेयर बजारमा सामन्य गिरावट आएको छ ।
कारोवार खुलेदेखि नै उतार चढाव देखिएको बजार अन्त्यमा ५ अंक घट्दा नेप्से २६ सय ४९ मा पुगेको छ ।
कारोवार रकम भने ६ अर्ब माथि भएको नेप्सेले जनाएको छ ।
नेप्से घटेपनि कारोवार रकममा आएको सुधारलाई विश्लेषकले सामान्य करेक्सन भनेका छन् ।
बुधवार जलविद्युत समुहमा ४५ अंकको सुधार आउँदा वित्त, व्यापार र निर्जिबन बिमा समुहमा सामान्य सुधार आएको छ ।
बुधवार उत्पादन समुहमा सबैभन्दा बढी ६७ अंकको गिरावट आउदा जिबन बिमा समुह ५५ अंकले घटेको छ ।
यस्तै होटल तथा पर्यटन समुहमा ३८ अंकको गिरावट आउदा लघुवित्त क्षेत्र ३ दशमलव ८९ अंक र बैंकिङ समूह ५ अंले घटेको छ ।
यस्तै अन्य झण्डै २२ अंकले ओरालो लागेको छ । बुधवार २ सय १८ कम्पनीका १ करोड ४८ लाख बढी कित्ता शेयर ६ अर्ब २१ करोड बढीमा कारोवार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्