२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


ओली र देउवाबीच भेटवार्ता, विश्वासको मत दिन नमिल्ने देउवाको जवाफ


0
Shares

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापित शेरबहादुर देउवालाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ ।

दलबलसहित बुधबार दिउँसो देउवा निवास बूढानीलकण्ठ पुग्नुभएका प्रधानमन्त्री ओलीले विश्वासको मत माग्दै सहकार्यका लागि प्रस्ताव गर्नुभएको हो ।

कांग्रेस सभापति देउवाले भने आफूहरु प्रमुख प्रतिपक्षी दल भएकाले विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कांग्रेस र एमाले नमिल्दासम्म संसदले नयाँ सरकार दिने सम्भावना नरहेको भन्दै मिलेर जान प्रस्ताव गर्नुभएको पनि डा. महतले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीसंगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पूर्व सभामुख सुबास नेम्वाङ पनि बूढानीलकण्ठ जानुभएको थियो ।