१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अनलाइन व्यापार खुला गर्न माग


0
Shares

काठमाडौं, बैशाख २२ । कोरोना महामारीले मानिसको दैनिकीमा नराम्ररी असर गरेको छ ।

मानिसलाई अति आवश्यक वस्तुको जोहो गर्न पनि समस्या परिरहेको समयमा प्रशासनले वस्तुको खरिदका लागि निश्चित समय छुट्याइ दिएको छ, तर यस्तो छोटो अवधिमा हुने भिडभाडले संक्रमणको त्रास बढाएको छ ।

यस्तो बेलामा विदेशमा बढी प्रयोग भएको तर नेपालमा नेपालमा कम अभ्यास भएको अनलाइन सेवा प्रभावकारी बन्न सक्ने सम्बन्धित क्षेत्रका व्यक्तिहरुले बताएका छन् ।

तर बढ्दो संक्रमणमा उपभोक्ताका आवश्यकता पुरा सहयोग गर्ने होम डेलिभरी र ई–कमर्स क्षेत्र महामारीको समयमा नेपालमा प्रतिबन्धित छ ।

लकडाउनको समयमा ई–कमर्स र होम डेलिभरीलाई सहज पार्न कुनै स्पष्ट प्रावधान नहुदा उपभोक्ता झन् समस्यामा परेका हुन् ।

नेपालमा दराज, सस्तोडिल, ई –कमर्स बजार मार्फत ट्रेडिंग गर्न अनुमति दिए धेरैलाई फाइदा हुने व्यवसायीहरुको भनाइ छ ।

आफूहरु स्वास्थ्य मापदण्ड पुरा गरी सेवा उपलब्ध गराउन तयार रहेको ई–बिज्निस एसोसिएशन नेपालको माग रहेको छ ।