१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सम्बन्ध विच्छेदपछि बिल गेट्सबाट मेलिन्डालाई पाइन् २.४ अर्ब डलरको शेयर


0
Shares

काठमाडौं, वैशाख २३ । सम्बन्ध विच्छेद घोषणा गरेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सले श्रीमती मेलिन्डा गेट्सको नाममा २ दशमलव ४ अर्ब डलर बराबरको शेयर हस्तान्तरण गर्नुभएको छ ।

दुई दिनअघि २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गरेको घोषणा गरेकै दिन उक्त शेयर पनि मेलिन्डाको नाममा हस्तान्त्रण गरिएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।

आफ्नो नाममा शेयर हस्तान्तरणसँगै मेलिन्डा दुई मेक्सिकन कम्पनी बोटलर कोकाकोला फेस्ममा एसएबी र ग्रुपो टेलिभेसिया एसएकी ठूलो शेयरहोल्डर बन्नुभएको पनि जनाइएको छ ।

गेट्सले क्यानडियन नेसनल रेलवे कम्पनी र अटोनेसन इन्कको केही शेयर पनि मेलिन्डाको नाममा सार्नुभएको जनाइएको छ ।

कुनै बेला संसारकै धनी व्यक्तिको हिलो सूचीमा रहनुभएका माइक्रोसफ्ट कम्पनीका मालिक गेट्स अहिले पनि संसारकै चौथो धनी व्यक्ति हुनुहुन्छ । उहाँसँग १२४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ ।

तीन सन्तान अभिभावक बिल र मेलिन्डाले बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनमा भने सम्बन्धविच्छेद पछि पनि सँगै काम गर्ने प्रष्ट्याइसक्नुभएको छ ।

यसअघि, अर्का अर्बपति अमेजनका मालिक जेफ बेजोस दम्पत्तिको पनि सम्बन्ध विच्छेद भएको थियो । उहाँहरुबीच पनि सम्पत्ति भागबण्डा गरिएको थियो ।