१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानमन्त्रीसहित १०० जनाको स्वाब संकलन


0
Shares

काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ ।

प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाब संकलन गरिएको हो ।

वैशाख २७ गतेका लागि निर्धारित संसदको अधिवेशनअघि सबै संसद सदस्यहरुको पिसिआर परीक्षण गर्दा चार जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो ।