३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


प्रधानमन्त्री ओलीले बोलाए आइतबार संवैधानिक परिषद्को बैठक


0
Shares

काठमाडौं, वैशाख २४ । प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि बैठक बोलाउनुभएको हो ।

संवैधानिक निकायमध्ये हाल लोकसेवा आयोग पूर्ण खाली रहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई तथा समावेशी आयोग र निर्वाचन आयोगमा रिक्त पदाधिकारीमा सिफारिश गर्न परिषद बैठक बोलाइएको अनुमान छ ।

परिषदको निर्णय सर्वसम्मतीमा गर्नुपर्ने व्यवस्था बदलेर बहुमत सदस्यले निर्णय गर्न सकिने प्रावधान राखी परिषदसम्बन्धि ऐन अध्यादेशमार्फत् संशोधन गरिएकामा प्रधानमन्त्री ओलीको आलोचना भइरहेका बेला फेरि सोही अध्यादेश जारी गरी आफूनुकूलको पदाधिकारी नियुक्तिको प्रयास उहाँले गर्नुभएको हो ।

यसअघि पनि यस्तो प्रावधानसहितको अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटाले बैठक बहिष्कार गर्नुभएको थियो । तर ओलीले आफू, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना उपस्थित बैठकबाट संवैधानिक निकायमा पदाधिकारीहरु नियुक्त गर्नुभएको थियो ।