१ चैत्र २०८१, शुक्रबार | Sat Mar 15 2025


ललिता निवास प्रकरणमा शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको बाझियो राय, अब पूर्ण इजलाशमा सुनुवाई


0
Shares

काठमाडौं, वैशाख २४ । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियोगी शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने भन्नेसम्बन्धमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ ।

११३ रोपनी सरकारी जग्गा किर्ते मामलामा विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भए पनि राय बाझिएको हो ।

न्यायाधीश खतिवडा, ढकाललाई ३ करोड रुपैयाँ धरौटीमा छाड्नुपर्ने पक्षमा रहे पनि न्यायाधीश भट्टराई भने थुनामा राखेरपुर्पक्ष गर्नुपर्ने विशेष अदालतको आदेशका पक्षमा उभिनुभएको हो ।

संयुक्त इजलाशमा राय बाझिएकाले अब यो मुद्दा पूर्ण इजलासमा जानेछ । सोही इजलाशले यससम्बन्धमा निर्णय दिनेछ ।

बालुवाटार जग्गा प्रकरणमा किर्ते गरी ११३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा ढकाल जेलमा रहेका हुन् ।