२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


काठमाडौं उपत्यकामा ३४ हजार ६२१ जना सक्रिय संक्रमित


0
Shares

काठमाडौं, बैशाख २४ । काठमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी भयावह स्थितिमा पगेको छ ।

शुक्रबार देशभर ९ हजार १ सय ९६ संक्रमित थपिएकामा काठमाडौं उपत्यकाका मात्र ४ हजार १ सय ६ जना हुन् ।

काठमाडौंका ३ हजार ८९, ललितपुरका ६ सय ४३ तथा भक्तपुरका ३ सय ७४ जना थपिएका हुन् ।

देशभर हाल सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय २९ रहेकामा उपत्यकाका मात्र ३४ हजार ६ सय २१ जना हुन् ।

काठमाडौंमा २५ हजार ९ सय ४० जना, ललितपुरमा ५ हजार ४ सय २९ जना तथा भक्तपुरमा ३ हजार २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

काठमाडौंमा अहिलेसम्म १ लाख ३९ हजार ५ सय ५६ जना संक्रमित भएकामा ८ सय १४ जनाको मृत्यु भएको छ ।

ललितपुरमा २३ हजार २ सय ९६ जना संक्रमित भएकामा २ सय ३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै भक्तपुरमा १३ हजार २ सय ४५ जना संक्रमित भएकामा १ सय ६८ जनाको मृत्यु भएको छ ।

देशभर ३५ सय ७९ जनाको मृत्यु भएकामा उपत्यकाका मात्रै १२ सय १४ जना हुन् ।