१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तुलसीपुर कारागारमा एक कैदी मृत फेला


0
Shares

दाङ, बैशाख २६ । दाङको तुलसीपुरस्थित कारागारमा रहेका एक कैदी मृत फेला परेका छन् ।

२०६८ सालदेखि कर्तब्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यान कपुरकोट गाउँपालिका वडा नम्बर– ३ का ४६ बर्षीय खड्क बुढाथोकी मृत फेला परेका हुन् ।

बुढाथोकी आज बिहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।

बुढाथोकी शनिवार बेलुका खाना खाएर सुतेको र बिहान उठाउँदा नउठेपछि गएर हेर्दा मृत अवस्थामा फेला परेको डिएसपी सिंहले बताउनुभयो ।

बुढाथोकीमा कुनैपनि स्वास्थ्य समस्या रहेको भन्ने कुरा खुल्न नआएको डिएसपी सिंहले बताउनुभयो ।