
काठमाडौं, वैशाख २६ । विभाजनको मुखमै पुगेको नेकपा एमालेको एकता जोगाउनका लागि नेताहरुले अन्मित प्रयास गरेका छन् ।
यसैका बारेमा नेता माधव नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र अर्थमन्त्री विष्णु पौडेलले भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले नेम्बाङ र पौडेललाई वार्ताका लागि नेपालसमक्ष पठाउनुभएको हो ।
सिंहदरबारमा भएको वार्तामा एमालेलाई फुटबाट कसरी जोगाउन सकिन्छ भन्नेमा केन्द्रित रहेको एक नेताले बताएका छन् ।
अध्यक्ष ओली अदालतको निर्णय अनुसार चल्न नचाहे नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले सामूहिक राजीनामा दिने भएका छन् । जसले सोमबार विश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्री ओलीलाई ठूलो धक्का लाग्नेछ ।
यता वार्ता भइरहँदा नेपाल पक्षीय सांसदहरुले भने आफ्नो राजीनामा नेता माधव नेपाललाई बुझाइसकेका छन् ।
पार्टीलाई २ जेठ, २०७५ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार नभएको र विश्वासको मत लिइसकेपछि आफूहरुलाई पार्टीबाट निष्काशन गर्न खोजिएको भन्दै नेपाल पक्ष सांसद पदबाटै राजीनामा गर्ने विकल्पमा पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्