२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जसपा तटस्थ बस्ने भएपछि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित


13
Shares

काठमाडौं, बैशाख २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा भोलि (सोमबार) मतदान हुदैछ ।

अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।

प्रधानमन्त्री ओलीको पद जोगाउने साँचो बोकेको जनता समाजवादी पार्टीले भोलिको मतदानमा तटस्थ बस्ने निर्णय गरेकाले प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने लगभग निश्चित देखिएको छ ।

रातारात नयाँ राजनीतिक समीकरण नबने प्रधानमन्त्री ओली सरकार भोलिदेखि अल्पमतमा पर्ने छ ।

यसैबीच, विश्वासको मत लिने उद्धेश्यले डाकिएको प्रतिनिधिसभाको विशेष अधिवेशन भोली सोमबार नै अन्त्य हुने भएको छ ।

संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सम्पूर्ण प्रक्रिया सकेर भोली नै प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने सहमति जुटेको हो ।

यस्तै, बैठकले कोरोना संक्रमित सांसदहरुलाई पनि विश्वासको प्रस्तावमाथि मतदान गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

समितिका सदस्यहरुले भोलि नै विश्वासको मतको प्रक्रिया टुङ्गो लगाउने र कारोना संक्रमित सांसदलाई मतदान गर्ने व्यवस्था मिलाउन संसद सचिवालयलाई जिम्मा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

बैठकले पीसीआर परीक्षण गर्न छुटेका प्रतिनिधिसभाका सांसदहरुको भोली नै एन्टिजेन परीक्षण गरी प्रतिनिधिसभा बैठकमा प्रवेश गराउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

समितिमा भोली बस्ने बैठकमा बोल्ने वक्तालाई थोरै समय दिने र वक्ता धेरै नराख्ने सहमति भएको छ ।