२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रौतहटमा बढ्यो कोरोनाको जोखिम, स्थानीय तह उदासिन


0
Shares

रौतहट, बैशाख २६ । रौतहटमा कोरोना संक्रमितहरुको संख्या दिनप्रति दिन बढदै गएपनि नियन्त्रणमा स्थानीय तहको उदासिनता देखिएको छ ।

संक्रमण फैलन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा देखि कोरोना अस्थायी अस्पताल निर्माण गरेपनिे नियन्त्रणमा कमी आउन सकेको छैन ।

त्यस्तै रोजगारीको लागि भारत गएकाहरु समेत घर फर्कन थालेपछि झनै जोखिम बढेको छ ।

रौतहटमा कोरोनाको संक्रमण बाट १५ जनाको मृत्यु भैसकेको छ ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणमा स्थानीय तहप्रति बिश्वास गर्न छाडिसकेको स्थानियहरुले बताएका छन् ।