११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


विश्वासको मत लिने पूर्वसन्ध्यामा एमाले अध्यक्ष ओलीले गरे पार्टी एकताका लागि आह्वान


0
Shares

काठमाडौं, बैशाद २६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने पूर्व सन्ध्यामा पार्टी एकताको पक्षमा उभिन आह्वान गर्नुभएको छ ।

आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले पार्टी अध्यक्षको हैसियतमा आफूले कसैलाई काखा पाखा नगर्ने भन्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गर्नु भएको हो ।

वक्तव्यमा ओलीले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताउनु भएको छ ।

पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्ने जस्ता हानिकारक प्रयास भईरहेको ओलीको वक्तब्यमा उल्लेख छ ।

पार्टीका सरकारहरुलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको भन्दै उहाँले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भएकाले त्यस्ता कर्ममा जानी नजानी संलग्न नहुन आग्रह गर्नुभएको छ ।